Thursday, July 2, 2026

युवानेता अंसारीको पहलमा ४० जना गरिब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कलैया, १६ कात्तिक। बाराको फेटा गाउँपालिका स्थित एउटा विद्यालयमा युवानेता सद्दाम अंसारीको पहलमा ४० जना गरिब तथा बिपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

अन्सारीले फेटा गाउँपालिका वडा नं ७ गम्हरिया स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ४० जना गरिब विद्यार्थीलाई ब्याग, कपी, कलम, पेन्सिल, इरेजर र सार्पेनेर वितरण गरेका हुन्।

एसएमसीको सहयोगमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पप्पु सिंह, शिक्षक यारमहम्मद अंसारी, युवाहरु अकबर मिया, तुफान अन्सारी, जोखन साह, सन्दिप राम, प्रवेज अन्सारी, अर्जुन मिश्र लगायतका हरुको सहभागिता रहेको थियो।

सरकारी विद्यालयमा गरिबको छोराछोरी मात्र पढ्ने भएकोले कम्तिमा ६ महिनालाई पुग्ने गरी ब्याग र १/२ महिनासम्म पुग्ने कलम कपी वितरण गरिरहेको वडा नं ७ का वडा अध्यक्ष पदको प्रत्यासी समेत रहेका सद्दाम अन्सारीले जानकारी दिए।

तस्वीरहरु

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर