कलैया, १७ कात्तिक। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वीरगञ्ज नाका हुँदै ८ अर्ब ७० करोड मूल्यको सवारीसाधन नेपाल भित्रिएका छन् । उक्त सवारीसाधनको आयातबाट ७ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो ३ महिना ( साउन, भदौ, असोज) मा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो।
भन्सार कार्यालयका अनुसार ३ अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार ९ सय ३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट तीन अर्ब २८ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
















