Saturday, August 15, 2026

बाराका एकजना सहित २ जना कटुवा पेस्तोल सहित वीरगन्जमा पक्राउ 

Advertisement
Advertisement Advertisement

कलैया, १९ कात्तिक। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पर्साले कटुवा पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी र भारतीय समकक्षी एसएसबी पंटोकाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती सञ्चालन गर्ने क्रममा कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं ५ कुम्हालटोल बस्ने १८ वर्षिय सुमित कुमार मण्डल र बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं ७ बस्ने २८ वर्षिय संजय कुमार साह कलवार रहेका छन्।

उनीहरूलाई वीरगन्ज महानगरपालिका वडा नं १६ इनर्वा र भारतको नुनियाडी पंचायत वडा नं १ अहिर्वा नजिक सानो सीमा स्तम्भ नं. ३९०/२२ को नजिक नेपालतर्फ झाडीभित्र लुकिरहेको अवस्थामा संयुक्त टोलीले पक्राउ गरेको थियो।

यस्तै उनीहरू पक्राउ परेको स्थानबाटै बोरा भित्र रहेको कटुवा पेस्तोल एक थान बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीले जानकारी दिए। पक्राउ परेका दुबैजनालाई बरामद कटुवा पेस्तोल सहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ घर भएका संजय कुमार साह कलवार लागुऔषध नशामा लठ्ठ रहेकाले उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ। उता पत्रकार सम्मेलनमा भने कुम्हाल टोलका सुमित कुमार मण्डलले भने बरामद भएको पेस्तोल आफुहरुको नरहेको संचारकर्मीहरुलाई बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर