कलैया,२० कात्तिक । सशस्त्र प्रहरी बलले श्रोत नखुलेको पाँच लाख नगद रकम,अवैध सामान र मोटरसाइकलसहित ११ लाख ६१ हजार बराबरको सामान बरामद गरेको छ।
बारा जिल्लाको बिश्रामपुर गाउँपालिका ३ मुसहर्वा सीमा ईलाकामा बि.ओ.पि.बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक सन्दिप के.सी.को टोलीले अबैध रुपमा भारतबाट साईकलको प्रयोग गरी नेपाल तर्फ ल्याउदै गरेको ४१ हजार मूल्य बराबरको मोबाईल कभर, ओजिटी, यूएसबी र डाटा केबल बरामद गरेको छ।
त्यस्तै सिम्रौनगढ नगरपालिका – ९ पिठुवाघाट स्थित सीमा ईलाकामा बिओपि गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक प्रशान्त अर्यालको टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ भारतीय मोटरसाइकलमा लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको नेपाली पाँच लाख नगद र एक लाख रुपैयाँको मोटरसाइकल गरी ६ लाखको सामान बरामद गरेको छ।
सुवर्ण गाउँपालिका–३ जमुनिया सीमा ईलाकामा नं.१२ गण मुख्यालय बाराबाट सशस्त्र प्रहरी नायब निरीक्षक केदारबहादुर परियारको टोलीले भारतीय मोटरसाइकलको प्रयोग गरी अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ३० हजार रुपैयाँ बराबरको काटेको सूर्ति बरामद गरेको छ। एक सय किलो सूर्ति र मोटरसाइकल एक लाख गरी एक लाख ३० हजार बराबरको सामान बरामद गरिएको हो।
त्यसैगरी कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा सीमा ईलाकामा प्रस्ताबित सिमासुरक्षा. गुल्म मटिअर्वाबाट खटिएको सशस्त्र प्रहरी हवल्दार सुजन ताम्राकारको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको ५५ हजार रुपैयाँ बराबरको कास्मेटिक, कपडा र किराना सामानहरु बरामद गरेको छ।
बिश्रामपुर गाउँपालिका- ३ मुहर्वा सीमा ईलाकामा बि.ओ.पि.बरैनियाबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष प्रसाद साहको टोलीले अबैध रुपमा भारतबाट २ जना भारतिय मोटरसाइकलको प्रयोग गरि नेपाल तर्फ ल्यादै गरेको ३५ हजार बराबरको ८ सय के.जी.काउली र मोटरसाइकलको अन्दाजी मुल्य तीन लाख गरी ३ लाख ३५ हजार रुपैयाँ बराबरको मोटरसाइकल र तरकारी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद भएका सबै सामानहरू भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नम्बर १२ हे.क्वा बाराका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन् ।
















