Friday, July 3, 2026

पोखरीमा डुबेर बाराको एकजना बालकको मृत्यु 

कलैया, २१ कात्तिक। पर्सामा पोखरीमा डुबेर बाराको एकजना बालकको मृत्यु भएको छ। जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं २८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षिय बालकको मृत्यु भएको हो ।

डुबेर मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका वडा नं ५ मुसहरवा बस्ने कन्हाई साहको १२ वर्षिय छोरा शनी कुमार साह रहेका छन्। शुक्रबार बिहान १० बजेतिर एकजना बालकको डुबेको जानकारी स्थानीयवासीले सशस्त्र प्रहरीलाई दिएका थिए ।

स्थानीयको जानकारी प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प बेलवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा ५ जना, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव यादवको कमाण्डमा ७ जनाको उद्धार टोली र वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक नवीन थापाको कमाण्डमा प्रहरीको टोली खटिएको थियो ।

उद्धार टोलीले खोजीकार्यपछि बालकको शव पोखरीबाट बाहिर निकालेर आवश्यक कानूनी प्रकृयाका लागि नेपाल प्रहरीलाई बुझाएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर