Thursday, July 2, 2026

नेपालको मुख्य नाका वीरगन्ज पनि ३ दिनसम्म बन्द

कलैया, २२ कात्तिक। भारतको बिहार प्रान्तमा जारी विधानसभाको दोस्रो चरणको निर्वाचनको लागि नेपालको मुख्य नाका वीरगन्ज पनि ३ दिनसम्म बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार सुचना निकाल्दै आज २२ गते बिहानै देखि २५ गते मंगलबार साँझ ६ बजेसम्म बन्द भएको जनाएको छ। यस अवधिमा पर्सा जिल्ला र भारतको पुर्वी चम्पारण जिल्लासँग जोडिएको मुख्य नाका सहित अन्य सीमा हुँदै अत्यावश्यक बाहेक आवतजावत गर्न नपाउने गरी आवागमनमा रोक लगाइएको र निर्वाचन हुने दिन सिमावर्ती नाकाहरुमा पुर्ण रुपमा आवागमनमा रोक लगाइएको छ।

उता जिल्ला प्रशासन कार्यालय पर्साले सुचना नै ननिकाली आवतजावतमा रोक लगाउँदा बिहानैदेखि यात्रु र सर्वसाधारणलाई समस्या भएको छ। नाका बिहानैदेखि बन्द गरेर प्रसाशनले कार्यालय समयमा सुचना निकालेर जानकारी दिँदासम्म हजारौं यात्रुहरु अलपत्रमा परेको गुनासो गरेका छन्।

यसअघि मधेश प्रदेशको धनुषा, महोत्तरी र रौतहट जिल्लाले शुक्रबार नै सुचना निकालेर शनिबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म सिमानाका बन्द हुने जानकारी गराएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर