कलैया, २२ कात्तिक। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा नेपाली कांग्रेसले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।
कार्यवाहक सभापति पुर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बसेको बैठकले कात्तिक २२, २३ र २४ गते केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।
यस्तै उक्त बैठकले कात्तिक २३ गते आईतबार केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय पनि गरेको छ। भने स्वर्गारोहणको १३ दिनसम्म कांग्रेसको सबै पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र सम्बन्धित जिल्लाले शोक सभाको आयोजना गर्ने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा मृतक आलमको आत्माको चिर शान्तिको लागि कामना गर्दै एक मिनट मौनधारण गरिएको थियो।



