Friday, August 14, 2026

बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, २५ कात्तिक । बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारागढी गाउँपालिका-२ निवासी ४२ वर्षीय छठु चौधरी रहेको प्रहरीले जनाएको छ ।

बारागढी गाउँपालिका-२ बिसनपुर्वास्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चौधरीको मंगलबार बिहान मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागी एलएस न्यूरो अस्पताल परवानीपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर