Tuesday, June 9, 2026

सिमरा घटनापछि प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न ‘निषेधको राजनीतिले कसरी चुनावमा जाने?’

spot_img

कलैया, ०३ मंसिर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका छन्।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै राजनीतिक प्रतिस्पर्धा र अभिव्यक्तिलाई नियन्त्रण गर्ने प्रवृत्तिले देशमा थप द्वन्द्व बढाउने बताएका छन्। कुनै पनि राजनीतिक दल वा नेताको संविधान प्रदत्त भ्रमण अधिकार कुण्ठित गर्न नहुने उनले बताएका छन्।

शर्माले भनेका छन्, “एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं l मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ l जेनजी विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं l तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन l त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो ।”

शर्माले सिमरामा उत्पन्न अवरोधलाई दुःखद भन्दै सामान्य भ्रमणमै वातावरण नबनेको अवस्थाले आगामी चुनावमा चुनौती थपिने बताएका छन्।

“प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण, यदि एक फेरा भ्रमणमै सुरक्षित र सहज वातावरण नबन्ने हो भने चुनाव कसरी हुन्छ?” उनको टिप्पणी छ।

उनका अनुसार सामाजिक सञ्जाल निषेधको विरोधमा उभिने जेनजी कसैको समाज भ्रमण अधिकार विरुद्ध उभिन सक्दैनन्। “सिमरा घटना वास्तविक जेनजी भावना होइन, त्यसको दुरुपयोग हो। निषेध र अवरोधको राजनीति कसैले नगरोस्,” शर्मा लेख्छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर