Saturday, June 13, 2026

सिमरा झडप प्रकरण : दुई जना वडा अध्यक्ष पक्राउ

कलैया, ४ मंसिर। बाराको सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका– २ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र जितपुरसिमरा– ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिएका छन्। पक्राउ परेका दुबै जना हालका निर्वाचित वडा अध्यक्ष हुन।

इलाका प्रहरी कार्यालय सिमरामा सम्राट उपाध्यायले किटानी जाहेरी दर्ता गराएका थिए। उनले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेका थिए। नियन्त्रणमा लिइएका दुई जनालाई प्रारम्भिक बयान प्रक्रिया लगायत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कार्वाहीको माग गर्दै बिहिबार बिहान देखि युवाहरु सडकमा उत्रिएका छन। बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर