Wednesday, June 10, 2026

बाराको सिमरामा आज पनि कर्फ्यू जारी

spot_img

कलैया, ४ मंसिर। जिल्ला प्रशासन कार्यालय बाराले आज (बिहिबार) पनि सिमारामा कर्फ्यू जारी गरेको छ। बुधबार भएको घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कार्वाहीको माग गर्दै बिहिबार बिहान देखि युवाहरु सडकमा उत्रिएका छन।

प्रदर्शन उग्ररुप लिए पछि प्रशासनले मंसिर ४ गते दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म सिमरा विमानस्थल र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी सुचनामा बिरगंज–पथलैया सडक खण्डको पथलैया चोकदेखि जितपुर ललका पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटर वरिपरि र सिमरा विमानस्थल आसपास ५०० मिटर वरिपरि सम्म कर्फ्यू लगाइएको उल्लेख छ।

कर्फ्यु अवधिभर कुनै पनि किसिमका भिडभाड, जमघट, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ। सिमरामा बुधबार जेनजी समुह र नेकपा एमाले आवद्ध कार्यकर्ताबीच झडप भएसँगै हिजो देखि सिमरा अशान्त बनेको छ।

May be an image of text that says 'जिल्ला प्रशासन कार्यालय सुरक्या शाखा) प्रमुख कलेया अधिकारीवाट जारी भएको करफ्यू मिती:- सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा Gen-Z युवाहरुको प्रदर्शन जनधनको क्षति नदिन साथे परिस्थिति विग्रन. नदिन आज दिउसो देखि वेलुका 5:00 वजेसम्म स्थानीय प्रशासन ऐन, २०२६ दफा ६(क) वमोजिम वारा जिल्लाको देहायको कसैले आवत कुनै पनि जुलुस, प्रदर्शन, बैठक, नपाउने गरी कारफर्यू आदेश गरिएको तपसिल:- विरगांज-पथलैया सडक-खं्डको पथलैया राजमार्को दायां-बायाँ मिटरसम्म। विमानस्थलको वरिपरि मिटरसम्म दक्षिण देखी जीतपुर लल्का पुलसम्म जिल्ला कप्यको आदेश अवधिभर अत्यावश्यक सवारी एम्वुलेन्स, वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सन्चारकर्मीहर, पर्यटक सवारी साधनहरु, मानव अधिकार तया कुटनीतिक नियोगका सवारी साधनहरू टिकटको यानुहरुको आवगमनमा सुरमाकर्मीहरुवाट सहजीकरण'

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर