Wednesday, June 10, 2026

सिमरा तनाव : प्रशासन र जेनजी समूहबीच वार्ताको तयारी

spot_img

कलैया, ०४ मंसिर। बाराको सिमरामा भएको झडपपछि निरन्तर तनावपूर्ण बनेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बारा र जेनजी समूहबीच बार्ता गर्ने तयारी अघि बढेको छ। शान्ति–सुरक्षाको चुनौती बढ्दै गएपछि दुवै पक्ष संवादतर्फ उन्मुख भएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरेर बार्तामा बस्न आग्रह गरेका थिए । उक्त आग्रह पछि प्रशासन र जेनजी समुहबीच बार्ताको तयारी अघि बढाएको बताइएको छ।

यद्यपि बार्ता कहाँ बस्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागेको छैन। जिल्ला प्रशासन कार्यालयमै बस्ने कि इलाका प्रहरी कार्यालय सिमरामा बस्ने भन्ने विषयमा प्रशासनभित्र आन्तरिक समन्वय चलिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर