Friday, August 14, 2026

सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

कलैया, ४ मंसिर। राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै बाराको सिमरामा बुधबार (मंसिर ३ गते) नेकपा (एमाले)का कार्यकर्ता र जेनजी समूहबीच भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको समेत जनाएको छ। आयोगले सरकारलाई स्थिति सामान्य बनाउने कार्यमा सहयोग पुर्‍याउन समेत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

“शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ। साथै संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने गराउने कार्यमा सहयोग गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।” अयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

“देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ नेपाल सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी छ,” आयोगले भनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर