Friday, August 14, 2026

सिमरा घटना : थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या ३ पुग्यो

कलैया, ४ मंसिर। बाराको सिमरामा बुधबार जेनजी समुह र नेकपा एमाले आवद्ध कार्यकर्ताबीच झडपमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अर्विन्द साह रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक वेद जोशीले पुष्टि गरेका छन्। यस अघि उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका– २ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र जितपुरसिमरा– ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन्।

इलाका प्रहरी कार्यालय सिमरामा सम्राट उपाध्यायले किटानी जाहेरी दर्ता गराएका थिए। उनले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेका थिए। उनीहरु ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर