Thursday, June 4, 2026

सिमरा अपडेट: प्रशासन र जेनजी समूहबीच वार्ता सुरु

spot_img

कलैया, ०५ मंसिर । बाराको सिमरा क्षेत्रमा जारी प्रदर्शनको सम्बन्धनमा सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीच औपचारिक वार्ता सुरु भएको छ। केहिबेर अघि जिल्लास्तरका सुरक्षा प्रमुखहरूको उपस्थितिमा वार्ता सुरु भएको हो।

वार्तामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, राष्ट्रिय अनुसन्धान बाराका उप– निर्देशक सरोज निरौला, नेपाली सेनाका अधिकारी तथा अन्य सुरक्षा अधिकारीहरू उपस्थित रहेका छन्।

जेनजी समुहबाट जेनजी बाराका संयोजक सम्राट उपाध्याय लगायत १५ जनाको उपस्थिति रहेको छ। बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपपछि दुई दिन देखि सिमरा अशान्त भएको छ। बुधबार भएको झडपमा किटानी जाहेरीको आधारमा हाल सम्म ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। कुटपिटमा सहभागी भएका अन्यलाई पनि कारबाही गर्नुपर्ने जेनजी समूहको मागपछि तनाव थप बढ्दै गएको थियो।

युवाहरू बिहीबार बिहानदेखि नै वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा प्रदर्शनमा उत्रिएपछि प्रशासनले पथलैया चोकदेखि जितपुर लल्का पुलसम्म र विमानस्थल क्षेत्र आसपास ५००–५०० मिटर क्षेत्रमा कर्फ्यू जारी गरेको थियो। कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवादिन भर सदकमा उत्रिएका थिए। शुक्रवार वार्ता हुने भएपछि बिहान देखि आज सिमरामा चहलपहल सुरु भएको छ। यातायात, व्यवसायहरु पनि संचालनमा आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर