Wednesday, June 10, 2026

सिमरा अपडेट : घटनाको निष्पक्ष छानबिन गर्न जेनजी समुह र प्रशासन सहमत

spot_img

कलैया, ०५ मंसिर। बाराको सिमरामा बुधबार भएको घटनाको सम्बन्धमा आज बसेको वार्ता सकिएको छ। सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीचको वार्ता सकिएको हो।

वार्तामा मुख्यत ३ विषयमा मौखिक सहमति भएको हो। वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्नेजस्ता तीन वटा विषयलाई सम्बोधन गर्ने कुरामा दुबै पक्षबीच सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।

आजको वार्तामा प्रजिअ मिश्रले फरार रहेका अभियुक्तलाई पक्राउ गर्नका लागि प्रहरीले कुनै किसिमको लापरबाही र ढिलासुस्ती नगर्ने आश्वासन दिएका छन्। वार्तामा सहभागी जेनजीका अगुवाहरूले आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेका थिए ।

जवाफमा प्रजिअ मिश्रले व्यक्तिगत रूपमा कसैलाई थ्रेट आउँछ भने सामाजिक सञ्जाल वा फोनमार्फत धम्की आएको खण्डमा प्रशासनलाई जानकारी गराउन आग्रह समेत गरेका छन्। पक्राउ पर्न बाँकी रहेका आरोपितहरूलाई पक्राउ गर्ने दिन नै तोक्नुपर्न माग राखेका थिए । बुधबार भएको झडपमा किटानी जाहेरीको आधारमा हाल सम्म ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

कुटपिटमा सहभागी भएका अन्यलाई पनि कारबाही गर्नुपर्ने जेनजी समूहले सुरक्षा निकाय र प्रशासनको ध्यानाकर्षण गराएका थिए। पक्राउ पर्न बाकीँ रहेका सबैलाई नियन्त्रमा लिएर निष्पक्ष कार्वाहीको माग गर्दै जेनजीहरुले ३ दिनसम्म पर्खने बताएका छन्। जेनजीको तर्फबाट बोल्दै सम्राट उपाध्यायले आफुहरु ३ दिनसम्म पर्खने बताएका छन्।

आजको वार्तामा जेनजीको तर्फबाट अभियन्ता सुदन गुरुङ, पुरुषोत्तम यादव, बाराका अध्यक्ष सम्राट उपाध्याय लगायत जेनजी समुहको तर्फबाट १५ जनाको उपस्थिति रहेको थियो।

त्यस्तै सरकारी पक्षबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, राष्ट्रिय अनुसन्धान बाराका उप– निर्देशक सरोज निरौला, नेपाली सेनाका अधिकारी तथा अन्य सुरक्षा अधिकारीहरू उपस्थित रहेका थिए।

बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि सिमरा अशान्त बनेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर