कलैया,०६ मंसिर । सरकारले आउदो फागुन २१ गतेका लागि घोषण गरेको प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता संकलनको कार्य सकिएको छ ।
निर्वाचन आयोग नेपालले असोज १० गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्य शुक्रवारबाट सकिएको हो । यस अवधिमा जिल्ला निर्वाचन कार्यालय बारामा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
बारा जिल्लामा मंसिर ५ गते शुक्रबार अन्तिम दिनसम्म २४ हजार ६ सय ६४ जनाले नयाँ मतदातामा थपिएका हुन् । जस मध्ये पुरुष ६ हजार २ सय ८ र महिला ४ हजार ७ सय ५४ जना गरि कुल १० हजार ९ सय ६२ जना नागरिकताबाट नयाँ मतदाता थपिएका छन । त्यस्तै राष्ट्रिय परिचयपत्रमार्फत १३ हजार ७ सय २ जना थपिएका जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीले जानकारी दिएका छन् ।
प्रमुख चौधरीका अनुसार बारा जिल्लामा पुरुष २ लाख ४७ हजार ७ सय ९६ , महिला २ लाख ४ हजार ४ सय ३४ अन्य ११ जना र राष्ट्रिय परिचय पत्रमार्फत १३ हजार ७ सय २ जना गरि कुल मतदाताको संख्या ४ लाख ५२ हजार २ सय ४१ जना रहेको छन् ।
गत फागुन २० गतेसम्म पनि १६ देखि १८ वर्ष मुनि सम्मकाले मतदाता नामावलीमा दर्ता गर्ने सक्ने छन् तर मतदाता नामावलीमा भोटर लिस्टमा नाम नआउने कार्यालय प्रमुख चौधरीले बताएका छन् । तर १८ वर्ष भन्दा माथीका मददाताले निर्वाचनमा सहभागी हुन सक्ने उनले बताए ।
यता राष्ट्रिय परिचयपत्र नम्बर भएमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिने गरी आयोगले व्यवस्था मिलाएको छ ।
















