Tuesday, June 9, 2026

रिहाइ प्रक्रिया पूरा गर्न रास्वपा सभापति रवि लामिछाने काठमाडौंबाट रुपन्देही जाँदै

spot_img

कलैया, ०४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही जाँदै छन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिहिबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेश पछि रिहा उनी आज बिहान हवाईजहाजमार्फत  भैरहवा जाँदैछन् ।

उच्च अदालतले यसअघि जिल्ला अदालतले गरेको थुनामै राख्ने आदेशलाई बदर गर्दै उनलाई पाँचवटा मुख्य सर्तसहित रिहा गर्न आदेश जारी गरेको छ ।

१ धरौटीको निरन्तरताः सुरु जिल्ला अदालतले २०८१ माघ १३ गते थुनछेक बहसका क्रममा माग गरेको धरौटी रकमलाई कानुनको दफा ६८ बमोजिम स्वीकार गर्नुपर्ने ।

२ बैंक जमानतको सुरक्षाः प्रतिवादीले निवेदनका साथ पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ज्ञ्ारेन्टी (बिगोको हकमा) सुरक्षित राख्नुपर्ने ।

३ विदेश यात्रामा जानकारीः लामिछाने व्यक्तिगत वा संस्थागत रूपमा विदेश भ्रमणमा जानुपरेमा सम्बन्धित अदालतलाई पूर्वजानकारी गराउनुपर्ने ।

४ अघिल्लो आदेश बदरः सुरु जिल्ला अदालतले २०८२ साउन २६ गते जारी गरेको थुनामै राख्ने पुरानो आदेशलाई उच्च अदालतले बदर गरिदिएको छ ।

५ थप दायित्वको स्वीकारोक्तिः मुद्दाको अन्तिम फैसला हुँदा थप बिगो वा दायित्व सिर्जना भएमा सो रकम तिर्न वा बुझाउन मञ्जुर भएको लिखित कागजात गराएर मात्र उनलाई थुनामुक्त गर्न आदेशमा भनिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर