कलैया, ०४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । केहि बेर अघि जिल्ला अदालत रुपन्देहीमा कानुनी प्रक्रिया पूरा गरेर रिहा भएका हुन ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहिबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछी थुनामा रहेको लामिछानेलाई रुपन्देही लगिको थियो ।
जिल्ला अदालत रुपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत र धरौटी बुझाएपछि उनी रिहा भएका हुन् ।




