कलैया, ६ पुस । भरुवा बन्दुक पड्किँदा ताप्लेजुङमा एक युवकको मृत्यु भएको छ ।
मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको बारुद भरेका बेला रुवा बन्दुक पड्किँदा गोली लागेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिएका छन्।
स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




