Tuesday, June 9, 2026

बाक्लो हुस्सुका कारण सिमरा विमानस्थल बन्द

spot_img

कलैया, १२ पुस । प्रतिकुल मौसमका कारण बाराको सिमरा विमानस्थलमा हुने उडान अवरोध भ​एको छ । आज शनिबार बिहानै देखि बाक्लो हुस्सुका कारण हाल सिमरा विमानस्थलबाट उडान तथा अवतरण हुन सकेको छैन।

विमानस्थलमा हाल एउटा मात्र विमान कम्पनी बुद्ध एयर उडान गर्दै आएको छ । बुद्ध एयरका सिमरा विमानस्थल प्रमुख सुरेश रेगमीका अनुसार विशेषगरी जाडो याममा बाक्लो हुस्सु लाग्ने भएकाले उडान अवरोध हुदै आएको छ । उनका अनुसार आजका लागी निर्धारित सम्पुर्ण उडान रद्द भ​एको छ ।

उडान रद्द हुदा यात्रुलाई सास्ती खेप्नु परेको छ । लामो समयसम्म विमानस्थलमा यात्रुहरु पर्खनुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर