कलैया, १७ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा भएको छ । गत भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले छानबिनका लागि लेखकको विदेश भ्रमणका साथै अनुमतिबिना उपत्यका छाड्ने नपाउने व्यवस्था गरेको थियो ।
आयोगले लेखक संग बयान लिए पछि उनको स्थानहद फुकुवा गरेको हो । अब पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै स्थानहद कायम छ । अयोगले ओली संग समेत चाँदै बयान लिने जनाएको छ।





