Friday, June 5, 2026

बारा–२ मा नेकपाको उम्मेदवार रमेश यादव

spot_img

कलैया, ०४ माघ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बारा क्षेत्र नं. २ मा रमेश यादवलाई उम्मेदवार बनाएको छ । उनी बारा २ का स्थानीयवासी हुन् ।

बारामा रहेको ४ निर्वाचन क्षेत्र मध्ये हाल सम्म नेकपाले क्षेत्र नं. २ मा मात्र उम्मेदवार टुङ्गो लगाएको छ। बाराको अन्य निर्वाचन क्षेत्रमा ४, ५ जनाको नाम सिफारिस भएको टुङ्गो लगाउन सकस भएको र बेलुका सम्म टुङ्गो लाग्ने बताइएको छ। क्षेत्र नं. २ मा नेकपा एमालेले बलवीर चौधरीलाई उम्मेदवार बनाएको छ।

यस बाहेक अन्य कुनै पनि पार्टीले बारामा आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको छैन। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । माघ ६ गते मनोनयन दर्ताको कार्यसुची रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर