Sunday, June 7, 2026

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

spot_img

कलया, २८ फागुन । कञ्चनपुरमा नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र वडा नम्बर १० का ४७ वर्षीय नरेश नाथ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार पीडित पक्षको उजुरी र प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जना माथि हिरासतमा राखेर विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर