Friday, October 16, 2026

१७१ किलो गाँजासहित एक युवक पक्राउ

Advertisement
Advertisement

कलैया, १० चैत । मकवानपुरको मनहरी गाउँपालिकाबाट ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा खानतलासी गर्दा १७१ किलो २१ ग्राम गाँजा बरामद गरेको हो।

सोमबार बिहान मनहरी गाउँपालिका वडा नं. ९ स्थित सडक खण्डमा बा.१३ च. २०१४ नम्बरको हात्ती गाडी लाई रोकेर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको थियो। प्रहरीका अनुसार गाडीको पछाडि लुकाई-छिपाई लोड गरी ल्याइएको अवस्थामा गाँजा बरामद गरिएको हो।

गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा गाडी चालक मकवानपुर राक्सीराङ गाँउपालिका वडा नं. ४ बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बरामद गरेको गाँजा र सवारी साधनसहित निज स्याङतानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। उनीमाथि लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालत हेटौडाबाट थप अनुसन्धानका लागि म्याद अनुमति लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर