बारा, ०४ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको थियो । १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा पुरा गरेको हो ।



