Friday, July 31, 2026

चीनमाथि नेपालको सानदार जित

बारा, १७ जेठ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपालले चीनमाथि २२१ रनको सानदार जित दर्ता गरेको छ ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल तयार पारेको थियो ।

चीनसामु ३१४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपाली ब्याटरहरूले मैदानमा चौका र छक्काको वर्षा गराएका थिए । चीनले २० ओभर ब्याटिङ गरे पनि सबै विकेट गुमाएर मात्र ९२ रन जोड्न सक्यो । नेपालको यो ऐतिहासिक ब्याटिङ इनिङमा कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । उनले मात्र ४३ बलको सामना गर्दै १६ छक्का र ५ चौकाको मद्दतले १२९ रनको सानदार शतकीय इनिङ खेले ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दोस्रो व्यक्तिगत शतक हो । यस कीर्तिमानी प्रदर्शनसँगै कुशल टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दुईवटा शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर