Wednesday, July 15, 2026

१०९ केजी गाँजासहित दुई जना पक्राउ

बारा, ३१ असार । मकवानपुरको मनहरीबाट ठुलो परिमाणमा गाँजासहित दुई जना पक्राउ परेका छन् ।

मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडकखण्डमा विशेष सूचनाका आधारमा प्रहरीले जाँच गर्दा चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको जीपबाट १०९.०९६ किलोग्राम गाँजा बरामद भएको हो ।

जीपको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ वटा पोकामा उक्त गाँजा भेटिएको थियो । अवैध लागुऔषध गाँजासहित पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका-७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन् ।

प्रहरीले गाडी र गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर