Wednesday, September 16, 2026

रौतहटमा एक युवकद्वारा आत्मदाहको प्रयास, थप उपचारका लागि काठमाडौं रेफर

Advertisement
Advertisement

बारा, ३१ असार । रौतहटको गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

देवेन्द्र सहनीका छोरा गौतमकुमारले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनालगत्तै उनलाई तत्काल उपचारका लागि गरुडास्थित एक स्थानीय अस्पताल पुर्‍याइएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं नायब उपरीक्षक बसन्त गौतमका अनुसार घाइते सहनीको घाँटीदेखि तलको भाग गरी करिब ३१ प्रतिशत शरीर जलेको छ। हाल उनको अवस्था मध्यम रहेको र गरुडामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रेफर गरिएको छ।

युवकले किन आत्मदाहको प्रयास गरे भन्नेबारे घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर