Tuesday, July 21, 2026

बारामा ट्याक्टर अनियन्त्रित भई पोखरीमा पल्टिँदा चालकको मृत्यु

बारा, साउन । बारामा ट्याक्टर अनियन्त्रित भई पोखरीमा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

प्रसौनी गाउँपालिका वडा नम्बर ७ स्थित बन्जरीमा रहेको सोहरी पोखरीमा खेत जोत्न जाने क्रममा ना ७ त ४३८३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पोखरीमा खसेको थियो ।

दुर्घटनामा परी ट्याक्टर चालक प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोका टोल बस्ने २८ वर्षीय तेजनरायण साह तेली गम्भीर घाइते भएका थिए । घाइते तेलीलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले घोषणा गरेका थिए ।

उक्त घटनास्थलमा ट्याक्टर र मृतकको शव अस्पतालमै रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर