बारा, १८ साउन । मेडिकल व्यवसायी तथा अभियानकर्ता दुर्गा प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले गरेको मागलाई जिल्ला अदालत भक्तपुरले अस्वीकार गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंलाई हिरासतमा राख्न अनुमति माग्दै अदालतमा उपस्थित गराएको थियो।
तर, अदालतले प्रहरीको म्याद थपको निवेदन अस्वीकार गर्दै उनलाई हिरासतमा नराखी रिहा गर्न आदेश दिएको छ।
अदालतको आदेशपछि आइतबार राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं रिहा भएका छन् ।
उनलाई सार्वजनिक शान्तिविरुद्धको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।



