Wednesday, August 19, 2026

साउन महिनामा ७० हजारभन्दा बढी नेपालीले लिए श्रम स्वीकृति: युएई र मलेसिया मुख्य गन्तव्य

Advertisement
Advertisement Advertisement

बारा, ०३ भदौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि कुल ७० हजार ४ सय ४१ जना नेपालीले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार यस अवधिमा श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ जना पुरुष र ९ हजार ९ सय ६९ जना महिला रहेका छन्।

साउन महिनामा नेपाली श्रमिकका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) र मलेसिया प्रमुख रोजगारी गन्तव्य बनेका छन्। विभागको तथ्याङ्कअनुसार सबैभन्दा बढी यूएई जानका लागि १८ हजार ७८४ जना र मलेसियाका लागि १२ हजार ४९८ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसैगरी खाडी मुलुक कतारका लागि १० हजार ३६०, साउदी अरेबियाका लागि ८ हजार ६१३ र कुवेतका लागि ४ हजार ५६७ जनाले अनुमति पाएका छन्।

युरोपेली तथा एसियाली अन्य मुलुकतर्फ रोमानियाका लागि २ हजार ९०८, जापानका लागि १ हजार २४४, ओमानका लागि १ हजार १७९, पोर्चुगलका लागि १ हजार १७९ र टर्कीका लागि १ हजार २१ जनाले श्रम स्वीकृति लिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर