Wednesday, October 7, 2026

बारामा भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ

Advertisement
Advertisement

बारा, २० असोज। बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुक र बारुदसहित एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब १०ः४५ बजे रतनपुर पश्चिम टोलस्थित फुटबल ग्राउण्ड नजिकबाट स्थानीय ३९ वर्षीय शम्शेर रुम्बालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार रुम्बाको साथबाट बारुद लोड गरिएको एक थान भरुवा बन्दुक बरामद गरिएको छ। प्रहरीले सेतो प्लास्टिकको डब्बामा राखिएको करिब ८० ग्राम बारुदजस्तो पदार्थ, बारुद बनाउन प्रयोग हुने पटका तथा बाँसको टुक्रामा प्लास्टिकको डोरी र रबरको ट्युबले बाँधेर बनाइएको एक थान पासो (जाल) समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत बाराबाट उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर