कलैया, ३१ असार। अमेरिकामा भएको कार दुर्घटनामा परी दुईजना नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली विद्यार्थी राजन यादव र रोजिन ओली रहेका छन।
उनीहरु अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत रहेको बताइएको छ। अमेरिकामा भारी वर्षा आँधीबेहरीको समयमा कार एक रुखमा ठोक्किएर दुर्घटनामा परेको त्यहाको स्थानीय मिडियाले जनाएको छ । मृतक दुई जना विद्यार्थीको नेपालको ठेगाना खुलेको छैन ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन। उनीहरुको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।