Saturday, August 1, 2026

रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागार सरुवा गर्ने निर्णय

कलैया , ३० साउन। सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गरिने भएको छ।

कारागार व्यवस्थापन विभागले लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको हो। कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेलाई आज नक्खु कारागार सरुवा गर्ने निर्णय भएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार निर्णयको पत्र आजै रुपन्देही कारागारमा पठाइएको र सुरक्षाको आवश्यक प्रबन्ध गरेर लामिछानेलाई नक्खु कारागार लगिने छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर