Saturday, August 1, 2026

राजनीतिक दल खोल्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घोषणा

कलैया, ०२ भदौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । उनले आज आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै अब राजनीतिक दल खोलेर अघि बढ्ने घोषणा गरेका हुन।

कारागारबाट रिहा भएको करिब १५ दिन पछि पहिलो पटक पत्रकार सम्मेलन गरेका प्रसाईंले केही दिनमै दलको नाम घोषणा गर्ने बताए । उनले भने,“म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौँ । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,केही दिनमै दलको नाम घोषणा हुन्छ” ।

“म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा पर्छन्,” प्रसाईंले पत्रकार सम्मेलनमा भने।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर