Saturday, August 1, 2026

सुनिल केशरीले सम्हाले विश्रामपुर गाउँपालिकाको प्रशासकीय अधिकृतको कार्यभार

कलैया, ०३ भदौ। बाराको विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुनिल केशरीले आज पद बहाली गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको साउन १६ गते सरुवा गरेको थियो।

मन्त्रालयमै कार्यरत केशरीको विश्रामपुर गाउँपालिकामा सरुवा भएको हो । उनलाई गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो सहित जनप्रतिनिधि, कर्मचारीहरुले स्वागत गरेका हुन। त्यस्तै मन्त्रालयले विश्रामपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको फेटा गाउँपालिकामा सरुवा गरेको छ।

केशरीले यस अघि बाराको निर्वाचान कार्यालय सहित विभिन्न पालिकामा रहेर काम गरिसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर