Friday, June 5, 2026

गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्चले दिएको परमादेशविरुद्ध बारामा जसपा नेपालको प्रदर्शन

spot_img

कलैया, ०३ भदौ। सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी, नेपालले आज पनि बारामा प्रदर्शन गरेको छ। बाराको सदरमुकाम कलैयामा मंगलबार जसपाका नेता तथा कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन ।

कलैया स्थित जसपाको पार्टी कार्यालय बाट शुरु भएको जुलुशले कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो ।प्रदर्शनकारीहरुले राजनितीक मुद्दा खारेज गर, नशलिय सरकार मुर्दाबाद ,भुमी अध्यादेश खारेज गर ,उपेन्द्र यादव जिन्दाबाद लगायतका नारा लगाउदै कलैया नगर परिक्रमा गरेका हुन। प्रदर्शन पश्चात बिरोध जुलुश कलैया स्थित भरत चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

जसपाका जिल्ला अध्यक्ष रमेश यादवको अध्यक्षतामा भएको उक्त कोणसभामा जसपाका केन्द्रिय सदस्य प्रकाश चौगाई, मधेश प्रदेश उपाध्यक्ष शुशिल यादव, रंजित चौरसिया, धर्मबिर यादव, अवधभुषण यादव, प्रमिला गिरी, कमलेश मण्डल, दिपेन्द्र गौरव लगायतकाले अध्यक्ष यादवलाई बिना शर्त रिहा गर्न माग गरे ।कोणसभामा सञ्चालन शम्भु गुप्ताको रहेको जसपाका अंगद सहनीले जानकारी दिए ।

सर्वोच्चले १९ वर्षअघि गौरमा भएको हत्याकाण्डको छानबिन गर्न सरकारका नाममा सोमबार परमादेश जारी गरेको थियो। २०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको चौरमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एउटै चौरमा सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो। उक्त झडपमा परी २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो। भने सो घटनामा ५० भन्दा बढी माओवादी कार्यकर्ता घाइते भएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर