कलैया, ०५ भदौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर एक गते देखि हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
एनपीएलको दोस्रो सिजन २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ अथार्त ( मंसिर १ देखि २७ गते ) सम्म हुने क्यानले जानकारी गराएको हो ।
एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो ।