Saturday, August 1, 2026

बाराका एक वडा अध्यक्षलाई माओवादी केन्द्रले गर्यो कार्वाही, ६ महिना पार्टीबाट निलम्बित

कलैया, १० भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाराका एक वडा अध्यक्षलाई कार्वाही स्वरुप पार्टी सदस्यबाट निलम्बन गरेको छ। बिगतमा विभिन्न अराजक गतिविधि गरेको तथा पार्टी अनुशासन उल्लंघन गर्दै आएको भन्दै बाराको प्रसौनी गाउँपालिकाका वडा नं. ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीबाट ६ महिनाको लागी निलम्बन गरेको हो।

नेकपा माओवादी मधेश प्रदेश ईञ्चार्ज मातृका यादवले ६ महिनाको लागि कुशवाहालाई साधारण सदस्यबाट निलम्बन गरेको पत्रमार्फत जनाएका हुन्। प्रदेशले बारा जिल्ला इन्चार्ज र बारा जिल्ला समन्वय समिति नेकपा (माओवादी केन्द्र) लाई एक पत्र पठाउँदै निलम्वन सम्बन्धमा जानकारी दिएको हो।

यता प्रहरीले वडा अध्यक्ष कुशवाहालाई कुटपिट, अमानवीय व्यवहार, अपहरण तथा शरीर बन्धक ज्यान मार्ने उधोग मुद्दामा गत भदौ २ गते पक्राउ गरेको थियो । उनी अहिले प्रहरी अनुसन्धानमा छन। प्रहरीले जिल्ला अदालत बाराबाट पहिलो पटक ४ दिन, दोस्रो पटक४ र भदौ ९ गते सोमबार तेस्रो पटक ५ पाँच दिनको म्याद थप लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर