कलैया, २५ भदौ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज (बुधबार) मध्यान्ह १२ बजेसम्म सम्पुर्ण उडान बन्द रहने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो देखि विमानस्थल बन्द गरिएको थियो ।
बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।
टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने कम्पनीले जनाएको छ ।