30.6 C
Kalaiya

Thursday, September 11, 2025
spot_img
30.6 C
Kalaiya
Thursday, September 11, 2025

बारामा कर्फ्यू हट्यो

spot_img
spot_img

कलैया,२६ भदौ । बारामा कर्फ्यू हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला भर लगाइएको कर्फ्यू आज देखि हटाएको हो । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार भदौ २६ गते आज बिहान ६ बजे बाट कर्फ्यू हटाइएको हो । यस अघि बारामा भदौ २४ गते देखि कर्फ्यू लगाइएको थियो ।

Advertisement

जेनजी प्रदर्शनले उग्ररुप लिए पछि प्रशासनले पहिलो पटक भदौ २४ गते दिउँसो २ बजे देखि राती ८ बजे सम्म कलैया र जीतपुरसिमरा उपमहानगर क्षेत्रमा कर्फ्यू लगाएको थियो । त्यसपश्चात स्थिति थप नियन्त्रमा लिन भदौ २५ गते ६ बजे देखि जिल्लाभर कर्फ्यू आदेश जारी गरेको थियो । भदौ २५ गते देखि नै सेना सडकमा निस्किएको थियो ।

Advertisement

प्रशासनले आज भदौ २६ गते सुचना जारी गर्दै निषेधित क्षेत्र र कर्फ्यूको अवस्था नरहेको जनाएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय बाराबाट प्रदान हुदै आएको नागरिकता लगायत सम्पुर्ण सेवाहरु भोलि भदौ २७ गते सम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर