Thursday, September 10, 2026

कविता: देशप्रेमी हौ, हामी युवा है

Advertisement
Advertisement Advertisement

षड्यन्त्र हुँदैछ कि साँच्चीकै मेरो देश बन्दैछ?

यो प्रश्न आज फेरि गुँजिएको छ

ठ्याक्कै उस्तै चिच्याहटजस्तै,

२०६२/६३को सडकमा पोखिएका रगतजस्तै

 

त्यो दिनहरू सम्झन्छु म नि ,जहाँ बाबाले सूर्यको मुनि

नारा लेखेका थिए भित्तामा,राजा होइन, जनता सर्वेसर्वा

र आमाले मलाई चुपचाप दूध पिलाउँदै भनेकी थिइन्

बाबु, देश बनाउँदा कहिलेकाहीं आँसु पनि तिर्नुपर्छ।

 

आज म ती आँसुका साक्षी छु।

तर अब इतिहास दोहोरिन छैन,

किनभने हामीले त्यो रगतको मूल्य बुझिसकेका छौं।

अब हामीकागजमा मात्र होइन,मुटुमा देश कोर्दछौं।

 

हिजो गोली चलेको थियो,

आज गोलीसँगै मोबाइल चल्छ।

तर क्रान्ति भने फेरि त्यही छ ,

अन्यायको बिरूद्धमा आवाज उठ्छ।

 

Gen Z उठेको छ,TikTok होइन, लोकतन्त्र टिकाउन

Meme मात्र होइन, संविधान पढ्न थालेको छ,

र उसले सोधेको छ,

देश हाम्रै हो भने हामी विदेशमा मजदुर किन?

 

यो क्रान्ति शान्त छ,तर गहिरो हौं

साँझको जुनजस्तै,देशप्रतिको माया कसमको स्वादजस्तै।

हिजोका पाइलाहरूमा आजका पाइला थपिँदैछन्,

२०६२/६३ का सपनाहरू२०८१ का नयनहरूमा पुन: बाँच्दैछन्।

 

हामीले अघिल्लो क्रान्तिबाट सिक्यौं

लोकतन्त्र ल्याइयो, तर जनताले शासन पाएनन्।

अब हाम्रो क्रान्ति यस्तो हुनेछ

जहाँ केवल सिंहदरबार हैन,

गाउँको गोठ पनि बदलिनेछ।

 

देश मेरो माटो मात्रै होइन,

यो मेरो अभिमान हो, मेरो धर्म हो।

म यसको रक्षा गर्छु बिनाशस्त्र,

तर अडिग साहसले मात्र।

 

राजनीतिले बिगारेको देशलाई

हामी नयाँ पुस्ताले साँध्ने छौं।

यी सडकहरू अब शान्त मात्र छन्,

हाम्रो मनमा क्रान्तिको ज्वाला बलिरहेका छन्।

 

यदि तिमीहरू फेरि षड्यन्त्र गर्छौ भने ,

सुन, हामी सारा सिस्टेम फेरिदिन्छौं।

किनभने यो देश केवल राजनीतिको भर छैन,

यो देश हाम्रो हो, र हामी यसको रक्षा गर्छौ।

 

जलाई दिन्छम तिमीहरूको सपना ,

हाम्रो देश बेच्न खोज छौं भने l

भरष्टचारको विरुद्धमा छौ हामी ,

किनकी देशप्रेमी हौ, हामी युवा है।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर