कलैया, ३१ भदौ। घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर लागु हुने गरी रुट परमिट खुला हुने भएको छ ।
यातायात व्यवस्था विभागमा बसेको सरोकार भएका निकायको बैठकले सो निर्णय गरेको हो। त्यस्तै बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।
बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ ।