Friday, June 5, 2026

फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक

spot_img

कलैया, २० असोज। निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यतालिका सार्वजनिक गरेको हो। तालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।

माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । त्यस्तै फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगको प्रेस विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर