कलैया, २३ असोज। नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको अनुसन्धान गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको जाँझबुझ आयोग स्वीकार्य नहुने बताएका छन् ।
भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन। उनले आयोगको प्रतिवेदनलाई आफ्नो पार्टीले अस्वीकार गर्ने समेत बताएका छन् ।
उनले भने, “तपाईंहरूले प्रतिवेदन लेख्नुस्, बुझाउनुस् ,फैसला गर्नुस् , एमालेलाई मान्य छैन । नेपाली जनतालाई मान्य छैन । हामी मान्दैनौँ । जे जे गर्नु छ गर्नुस् ।”