Saturday, August 1, 2026

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले असोज २८ गते विश्वासको मत लिने

कलैया, २४ असोज। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले असोज २८ गते विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री सिंहले विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गर्दै प्रदेश सभालाई पत्र पठाएका हुन् ।

“नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,” मुख्यमन्त्री सिंहले लेखेको पत्रमा भनिएको छ ।

मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेस र नेकपा एमालेले फिर्ता लिएसँगै अहिले प्रदेश सरकार अल्पमतमा छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर