कलैया, २९ असोज। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको जनाएको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।
निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।