कलैया, २ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको छ ।
सुन आज प्रतितोला २ लाख ५३ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस अघि शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ५८ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।