कलैया, २८ कात्तिक । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् ।
मंसिर १ गते त्रिवि क्रिकेट मैदानमा हुने जनकपुर बोल्टस् र काठमाडौँ गोर्खाज बीचको उद्घाटन खेलका सबै टिकट बिक्री भएको हो । पहिलोपटक ‘फ्लड लाइट’ मा खेल हुने छ । खेल दिउँसो ४ बजे देखि सुरु हुने छ ।
टिकट खुला भएको २४ घण्टा मै सबै बिक्री भइसकेको छ ।
















